२७ बैशाख २०८१, बिहीबार

आज फेरि सुनको मूल्य बढ़यो, तोलामा कति ?



काठमाडौ।मंगलबार ६ सय रुपैयाँले घटेको सुनको भाउ ‘यूटर्न’ भएको छ । बुधबार तोलामा ६ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ८६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रति तोला ८५ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

चाँदी तोलामै १५ रुपैयाँ महँगिएको छ । महासंघका अनुसार चाँदी प्रति तोला एक हजार दुई सय ७० रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य तोलामा एक हजार २ सय ५५ रुपैयाँ कायम भएकव थियो ।



प्रतिक्रिया दिनुहोस !