९ मंसिर २०८१, आईतवार

प्रतिनिधिसभा पुनः स्थापना पछि आज दोस्रो बैठक बस्दै, यस्तो छ कार्य तालिका



काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि आज दोस्रो बैठक बस्दै छ । बैठक आज दिउसो १ बजे बस्ने कायसुचि छ । बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन) र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्ने कार्यसूची छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेस गर्ने कार्यसूची छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि ९तेस्रो संशोधन० अध्यादेश पेस गर्नेछन् । यसैगरी पूर्व तथा बाहालवाला गरि १४ सांसदको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिनेछ।

यसअघि फागुन २३ बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेश गरेपछि फिर्ता लिन माग गर्दै नेपाली कांग्रेस र जसपाले बैठक अवरुद्ध गरेका थिए भने प्रचण्ड–नेपाल समूहले बैठक बहिष्कार गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !