६ जेष्ठ २०८१, आईतवार

आज २०७७ फागुन २६ गते बुधवारको राशिफल



आज २०७७ फागुन २६ गते बुधवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

मिथुन

गरेको काममा ढिलासुस्ती हुनेछ । आँटेको काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।पारिवारिक समस्या आइपर्ला ।

सिंह

आजजोश जाँगर र हिम्मत बढ्नेछ । मणीय र सुखद् यात्राको योग पनि छ । दैनिक कार्यहरूमा प्रगति हुँदै जानेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

तुला

आज झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च पनि हुनेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

धनु

समाजसेवामा मन लाग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनोरञ्जनमा सहभागीता भइएला । समय निकै उत्साहजनक रहनेछ ।

कुम्भ

आफन्त संग रमणीय र सुखद् यात्राको योग छ । तिर्थाटनको योग पनि रहेको छ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

बृष

आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।शुभकार्यको चर्चा चल्नेछ ।

कर्कट

आजको दिनमा शुभ समाचार सुन्न पाइनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

कन्या

आज पारिवारिक सहयोग मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ ।

बृश्चिक

व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । नयाँ कार्यहरू सम्पन्न हुनेछन् । नयाँ कार्यको थालनी हुनसक्छ ।

मकर

आज देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

मीन

इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । स्वादिष्ट भोजन पनि पाईनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ ।



प्रतिक्रिया दिनुहोस !