३० बैशाख २०८१, आईतवार

प्रचण्डको दौडधुप, देउवालाई भेटेलगत्तै भट्टराईलाई भेट्न पुगे



काठमाडौं । सर्वोच्च आदेश अनुसार तत्कालिन माओवादी केन्द्र सक्रिय बनाएर स्थायी कमिटी बैठक समेत गरेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्य दलहरुसँगको भेटलाई तिब्रता दिएका छन् ।

प्रचण्डले मंगलबार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईसँग भेट गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानीलकण्ठमा भेटेपछि प्रचण्ड बाबुरामलाई भेट्न टोखास्थित भट्टराई निवास पुगेका थिए ।

मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गराएका प्रचण्ड लगत्तै भेटवार्तामा सक्रिय भएका हुन् ।

साँझ ६ बजेपछि टोखा पुगेका प्रचण्ड र भट्टराईबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारविरुद्धको रणनीतिबारे छलफल भएको बताइएको छ। देउवासँग पनि प्रचण्डले ओली सरकारविरुद्ध सहकार्य गर्न प्रस्ताव गरेका थिए। तर, देउवाले ठोस जवाफ दिएका थिएनन्।



प्रतिक्रिया दिनुहोस !