१२ बैशाख २०८१, बुधबार

एमाले नेतृत्वकै सरकार पाँच वर्ष टिक्छ : लालबाबु पण्डित



काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य, सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको यो कार्यकालभरि नै नेकपा एमालेको नेतृत्वको सरकार रहने दाबी गरेका छन् ।मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘यो सरकार पाँच वर्ष चल्छ ।

प्रतिनिधिसभाको कार्यकालभरी अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार बन्दैन । आन्तरिक किचलो नेकपा एमाले​भित्र अब हुँदैन् । हिजो नेकपा हुँदा जे÷जति किचलो थियो, त्यो अब त्यो रुपमा रहँदैन । नेकपा एमाले एक ढिक्का भएर अघि बढ्छु । पार्टीको नेतृत्व पंक्ति एक भएर सरकारको रक्षा गर्ने, पार्टीको नीतिहरुलाई कार्यान्वयन गर्न र सरकारमार्फत एक ढिक्का भएर अघि बढ्छ ।’



प्रतिक्रिया दिनुहोस !