२६ बैशाख २०८१, बुधबार

लाइफ इन्स्योरेन्स कर्पोरेसनको बीमाशुल्क आर्जन २० प्रतिशतले बढ्यो



काठमाडौ।लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडको १८औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ।

एलआईसी नेपालको शिक्षालय हल, नक्साल, काठमाडौंमा सम्पन्न साधारण सभाले आ.व. २०७५/०७६ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गरेको कम्पनीले जनाएको छ।

कम्पनीको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश पारित गरेको छ। यसअन्तर्गत १० प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश रहेका छन्।

आ.व. २०७५/०७६ मा कम्पनीले १ लाख ८९ हजार ३२० नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क आम्दानीबापत ४ अर्ब २२ करोड ८३ लाख रुपैयाँ संकलन गर्न सफल भएको कम्पनीले जनाएको छ। २०७६ असार मसान्तसम्ममा यस कम्पनीमा सक्रिय बीमालेखहरुको संख्या ७ लाख ३५ हजार ७४५ र कुल जीवन बीमा कोषमा ५३ अर्ब ८७ करोड ७३ लाख संकलन भएको छ।



प्रतिक्रिया दिनुहोस !