१० मंसिर २०८१, सोमबार

एमाले केन्द्रीय कमिटीमा माधव नेपाल पक्षमा कति सदस्य छन ?



काठमाडौ।सर्वोच्चको उक्त आदेशकै कारण अब एमाले र माओवादी केन्द्र दुई अलग पार्टी बन्ने भएका छन्। यसले सबभन्दा ठूलो जटिलता एमालेमा हुने देखिएको छ। नेकपाको अन्तरविरोधमा प्रधानमन्त्री एवं एमालेका तत्कालीन अध्यक्ष केपी शर्मा ओली एकातिर थिए भने वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल अर्कातिर थिए।

सर्वोच्चले नेकपा एकता खारेज नगरेको भए उनीहरू एकै पार्टीमा रहने अवस्थासमेत थिएन। अब भने सबै एमाले नै हुने भएका छन्।

वरिष्ठ नेता खनाल र नेपाल मात्र होइन, अन्य प्रभावशाली नेताहरू समेत ओली इतर समूहमा थिए।

साविकको एमाले संसदीय दलमा ओलीको अत्यधिक बहुमत रहे पनि केन्द्रीय कमिटीमा भने नेपालका पक्षमा पनि ओलीकै हाराहारी केन्द्रीय सदस्य छन्।

प्रतिनिधि सभाका १ सय २० सांसद कायम रहेकामा नेपालका पक्षमा ४० सांसद छन्। नेपाल पक्षले आफूहरूसँग ४२ सांसद रहेको दाबी गरेको छ।

केन्द्रीय कमिटीको समीकरण भिन्न छ। एमालेको नवौं महाधिवेशन र त्यसपछि मनोनितहरूको संख्यालाई आधार मान्दा पार्टी एकताअघि २ सय ५ सदस्यीय थियो।

मृत्यु भएका, संवैधानिक तथा विभिन्न नियुक्ति लिएकालाई घटाउँदा केन्द्रीय कमिटीको संख्या १ सय ९५ हाराहारी हुन आउँछ। उपाध्यक्ष वामदेव गौतम र केन्द्रीय सदस्य हरि पराजुली तटस्थ छन्। ओलीका पक्षमा १ सय ३ जना हुन आउँछन्।नेपालका पक्षमा ९० जना केन्द्रीय सदस्य छन्।



प्रतिक्रिया दिनुहोस !