प्रधानमन्त्री ओलीले एउटा अध्यादेश ल्याएर अर्कैको हल्ला फिजाए : गगन थापा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले झुट बोलेको नेपाली कांग्रेसका नेता गगन थापाले बताएका छन् । मंगलबार ट्वीट गर्दै थापाले एउटा अध्यादेश ल्याएर अर्कैको झुट बोलेको उल्लेख गरेका छन् ।
‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने, त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने ? झुट प्रधानमन्त्री ज्यू’ थापाले ट्वीट गरेका छन् ।
उनले एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन हामी सदनमा प्रतीक्षारत रहेको उल्लेख गरेका छन् ।