यस्तो महत्त्वपूर्ण विषयमा छलफलको लागी बोलाए प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद बैठक बस्न बोलाएका छन् ।
सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्रको गठबन्धनको रूपमा सरकार रूपान्तरण भएपछि उनले पहिलो पटक बैठक राखेका हुन् ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा सरकार जोगाउन कांग्रेस वा जसपाको समर्थन अनिवार्य लिनु पर्ने अवस्थामा पुगेका प्रधानमन्त्री ओलीले यसबारे पनि परामर्श गर्नेछन् ।
सर्वोच्चको फैसलालगत्तै आफू पक्षीय संसदीय दलको बैठक डाकेर माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिने बताएका ओलीलाई कांग्रेस वा जसपासँग गठबन्धन गर्ने भने सजिलो नरहेको जानकारहरू बताउँछन् ।
ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि रूष्ट बनेका ती दलले ओलीलाई साथ दिएमा मात्र उनको नेतृत्वको सरकारले निरन्तरता पाउँनेछ ।
संसदमा एमालेसँग १२० सिटबाहेक सरकार बनाउन निर्णायक अवस्थामा रहेका कांग्रेससँग ६३, माओजवादी केन्द्रसँग ५३ र जसपासँग ३४ सिट छ ।