६ जेष्ठ २०८१, आईतवार

आज २०७७ फागुन २५ गते मंगलवारको राशिफल



आज २०७७ फागुन २५ गते मंगलवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

आज रोकिएका काम सम्पादन हुने योग छ । टाढा रहेका साथीभाइहरूसँग भेटघाट हुनेछ । आत्मविश्वास पनि जाग्नेछ ।कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मिथुन

आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

सिंह

ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट पनि लाभ मिल्नेछ ।

तुला

आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मुल्याङन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

धनु

आज आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । धार्मिक कार्य सफल रहनेछन ।

कुम्भ

आज तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ ।

बृष

आज सामाजिक कार्यबाट सफलता मिल्नेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् ।

कर्कट

शुभकार्यको चर्चा चल्नेछ । विद्या र ज्ञानमा वृद्धि हुनेछ । शेयरबजारबाट पनि राम्रै लाभ मिल्नेछ । आज जोश,जाँगर र उमङ्ग बढ्नेछ ।

कन्या

आज वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । नयाँ कर्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ ।

बृश्चिक

परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजन पनि पाईनेछ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ ।

मकर

आज आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, जस्ले गर्दा आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ ।

मीन

दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भएपनि अधुरा काम सम्पन्न हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ ।



प्रतिक्रिया दिनुहोस !