१२ मंसिर २०८१, बुधबार

प्रचण्ड छाडेर ओलीतिर आउने माधव नेपाल पक्ष तयारी



काठमाडौं । सर्वोच्च अदालतको फैसलाले पुरानै पार्टी ब्युँताइदिएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छाडेर केपी ओलीतिरै फर्किने तयारीमा पुगेको छ।

आज नेपालनिकट स्थायी कमिटी सदस्यहरूबीच नयाँ बानेश्वरको एक होटलमा सोमबार भएको छलफलले ‘अब एमालेभित्रै रहेर संघर्ष गर्ने निष्कर्ष निकालेको’ हो।

अदालतको आदेशलाई सम्मान गर्दै एमाले पार्टीभित्रै रहेर आफ्नो असहमतिलाई निरन्तर रूपमा अघि बढाउने निष्कर्ष निकालेका माधव नेपालनिकट एक नेताले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !