१० मंसिर २०८१, सोमबार

सुरु भयो दाहाल-नेपाल पक्षको स्थायी कमिटी बैठक



काठमाडौं । प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपरान्ह साढे ३ बजेबाट बैठक सुरु भएको छ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आइतबार सर्वोच्च अदालतले गरेको फैसलापछिको परिस्थितिबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले तत्कालका लागि अदालतको फैसलाको विषयमा छलफल गरेर अघि बढ्ने विषयमा छलफल हुने जानकारी दिए।

यसअघि पूर्व एमालेका नेता सम्मिलित माधव नोपाल समूहको भेला भएको थियो। नयाँ वानेश्वरस्थित अर्याल होटलमा भएको छलफलमा आजको बैठकबारे छलफल हुने भएको छ।

यसअघि नै दाहाल–नेपाल समूहको नेकपाले अदालतको फैसलाको विषयमा कानुनविद्हरुसँग छलफल गरेको थियो। छलफलबाट समूहले अदालतको फैसलालाई पुनरवलोकन गर्ने निष्कर्ष निकालेको छ ।



प्रतिक्रिया दिनुहोस !