६ मंसिर २०८१, बिहीबार

स्थायी कमिटी बैठक अगाडि माधव नेपाल निकट नेताहरु छलफलमा जुटे



काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् ।

नेकपाको प्रचण्ड–माधव समूहले बोलाएको स्थायी कमिटी बैठक अगाडि माधव नेपाल निकट नेताहरु छलफलमा जुटेको जनाएको छ । एक होटलमा जारी छलफलमा अब कसरी अगाडि बढ्ने भन्नेबारे पनि कुराकानी हुने नेपालनिकट एक नेताले जानकारी दिएका छन्।

पूर्वएमालेभित्र माधवकुमार नेपाल अल्पमतमा छन् । त्यसैले यो फैसलाले सबैभन्दा बढी समस्यामा उनी र उनलाई साथ दिँदै आएका नेताहरु परेका छन् ।



प्रतिक्रिया दिनुहोस !