२६ बैशाख २०८१, बुधबार

बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १०० रूपैयाँले बढेको छ ।

आज १०० रूपैयाँले बढेर ८६ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन पनि आज तोलामा १०० रूपैयाँले नै बढेर ८५ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदी पनि आज तोलामा १५ रूपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १ हजार २६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !