४ जेष्ठ २०८१, शुक्रबार

छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु



काठमाडौं । ललितपुर र भक्तपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

ललितपुरको ग्वार्कोमा गाडीले ठक्कर दिँदा दुई जना पैदलयात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बेलुका वाग्मती प्रदेश ०३००१ च ०७१३ नम्बरको सुमोले ठक्कर दिएका हरिसिद्धी बस्ने ३४ वर्षकी सुनितासोती सापकोटा र ४५ वर्षका कृष्णप्रसाद तिमल्सिनाको मृत्यु भएको हो ।

ठक्करबाट घाइते भएका सापकोटा र तिमल्सिनाको उपचारका क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी र चालक पक्राउ परेका छन् । त्यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका ८ आदर्शचोकमा ट्रक पल्टिँदा चालकको मृत्यु गएको छ ।

ना ६ खा ३९८२ नम्बरको ट्रक पल्टिँदा च्यापिएर चालक पर्साको विरगञ्ज महानगरपालिका १२ का ३० वर्षका अजमद्धिन अन्सारीको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !