१० मंसिर २०८१, सोमबार

काँग्रेस (वी पी) द्वारा अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना



फागुन २४,काठमाडौ । नेपाली काँग्रेस (वी पी) ले अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गरेको छ ।

लैङ्गिक समानता र समावेशी न्यायको स्थापनार्थ पटक पटक भएका आन्दोलनहरुबाट महिलाका हक अधिकारको सुनिश्चितता गरेको दिनको सम्झनामा मनाईने मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन ।

कार्यलय सचिव सुशिलराज वाग्लेले शुभकामना सन्देश जारि गर्दै यस्तो भनेका छन्स । हाम्रो समाजमा बोक्सीको नाममा हुने ज्यादती, दाइजो प्रथा, छाउपडीजस्ता कुरीतिका साथै यौन दुव्यर्वहार र हिंसाका घटनाले नारीको सम्मान गर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौती दिएको छ। अब विलम्व नगरी विभेद र कुरीतिको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाज निर्माण गर्नुपर्ने आजको आवश्यकता हो । साथै महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गरि व्यहारमा लागु गर्नु आजको आवश्यकता बनेको छ ।



प्रतिक्रिया दिनुहोस !