२१ बैशाख २०८१, शुक्रबार

कसरी थाहा हुन्छ डिप्रेसन भए नभएको ? यस्तो छ समाधानको उपाय



काठमाडौं । तनाव वा चिन्ता नभएको जीवन कसको होला र ? जीवनको कुनै न कुनै कालखण्डमा मानिसलाई कुनै न कुनै विषयको चिन्ताले सताउने गर्दछ ।

तर चिन्ता लिनु यसको समाधान होइन । बरु, समस्या खोजेर यसको समाधान गर्नु चाहिँ यसबाट निस्कने भरपर्दो विकल्प हो । मानिसहरु बढि चिन्ताका कारण डिप्रेसनमा पार्न सक्छ ।

कसरी थाहा हुन्छ डिप्रेसन भए नभएको ?

डिप्रेसन भए नभएको थाहा पाउन निम्न लक्षण सहायक हुन्छन् ।
यदि राति राम्ररी निन्द्रा पर्दैन, भोक लाग्न छाड्छ, अनावश्यक चिन्ता वा हरक्षण उदासी हुन्छ, आत्मविश्वास कमी भए, बिना परिश्रम थकान महशुस भए, उत्तेजना एवम् अधैर्य भए, एकाग्रतामा कमी आए, कुनै पनि कुरामा चासो नगए, रमाइलो माहौलमा पनि एक्लै बस्न चाहाना आए डिप्रेसन भएको हुनसक्छ । ।

कसरी बच्ने यस्तो छ ः


यदि कसैमा माथि उल्लेखित लक्षण देखिएमा डिप्रेसन भएको हुनसक्छ । डिप्रेसनबाट बच्न जीवनशैली, वातावरण बदल्नुपर्दछ । यस्तोमा आफन्त र साथिभाइको भुमिका महत्वपुर्ण हुन्छ ।

  • डिप्रेसनको लक्षण देखिए उसंग खुलेर कुराकानी गर्नुहोस् । उसको कुरा पुरा सुन्नुहोस् र उसमा उत्साह जगाउने प्रयत्न गर्नुहोस् ।
  • कसैमा डिप्रेसनको लक्षण देखिएमा उसलाई व्यस्त बनाउन कोशिस गर्नुहोस् । उसलाई हसाउने, मनोरञ्जन र खुसीको माहौलमा राख्नुहोस् । सदैव सक्रिय पार्न काममा खटाउनुहोस् ।
  • डिप्रेसनको लक्षण देखिएको मानिलाई सकेसम्म उचित व्यायाम र सन्तुलित खानपानको आवश्यकता हुन्छ । तसर्थ मस्तिष्क शान्त र स्थिर हुने व्यायाम र खानपान गराउनुहोस् ।
  • डिप्रेसनमा भएका मानिसमा आत्मग्लानी हुने भएकाले उसलाई उ सक्षम भएको महशुस गराउने काममा लाग्न हौसला दिनुहोस् । उसलाई कमजोर अनुभुती हुन नदिनुहोस् ।



प्रतिक्रिया दिनुहोस !