२६ बैशाख २०८१, बुधबार

नेप्सेमा दोहोरो अङ्कको गिरावट



काठमाडौँ ।धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २१।५८ ले ओरालो लागेर दुई हजार ४८५।०९ मा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।७८ विन्दुले घटेर ४४९।६८ मा ओर्लेको छ । कूल २११ कम्पनीको एक करोड १७ लाख ७८ हजार ८२० कित्ता शेयर रु पाँच अर्ब ५४ लाख ६६ हजार ४८० मूल्यमा खरिद बिक्री भए । बजार ओरालो लाग्दा बजार पूँजीकरण प्रभावित भएको छ । आजको कारोवारपछि बजार पूँजीकरण रु ३४ खर्ब २४ अर्ब ८५ लाख ५१ हजार १३९ बराबर पुगेको छ । 



प्रतिक्रिया दिनुहोस !