बैठक सुरु नै नभई किन संसद भवनबाट बाहिरिए प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली केही बेरअघि संसद भवनबाट बाहिरिएका छन् । प्रधानमन्त्री ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका हुन् । सर्वोच्च अदालतको फैसलाअनुसार आइतबार पहिलो पटक संसद बैठक बस्दैछ । ४ बजेका लागि आह्वान गरिएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।