अदालतको फैसलालाई सम्मान गर्छौं : विष्णु पौडेल
काठमाडौं । नेकपा ओली समूहका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा पार्टीबारे सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान गरेर जाने बताएका छन् ।
‘हाम्रो हार भएपनि अदालतको निर्णयलाई सम्मान गर्छौं । कानुनी र संवैधानिक आधार मानेर सर्वोच्च अदालतले फैसला लिएको छ’, पौडेलले भने । उनले अदालतको फैसला अनुरुप नै अगाडि बढ्ने बताए ।