८ मंसिर २०८१, शनिबार

प्रतिनिधि सभा बैठक अघि प्रचण्ड – नेपाल समुहले किन बोलायो एक्कासि संसदीय दलको बैठक



काठमाडौं ।  प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक बोलाएको छ । बैठक केहीबेरमा सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने नेकपा संसदीय दल प्रमुख सचेत देव गुरुङले जानकारी दिए ।
उनका अनुसार बैठकमा अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुति हुने रणनीतिबारे छलफल हुने बताइएको छ ।शुक्रबार बसेको दलको बैठकमा ओलीले राजीनामा नदिए आइतबार अविश्वास प्रस्ताव दर्ता गर्नेबारे छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने या नगर्नेबारे बैठकमा निर्णय लिने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस !