४ जेष्ठ २०८१, शुक्रबार

आज २०७७ फागुन २३ गते आइतवारको राशिफल



आज २०७७ फागुन २३ गते आइतवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

मिथुन

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ ।

सिंह

मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ ।

तुला

करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ । वाणीमा कुशलता आउने दिन परेको छ ।

धनु

काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुस्ख हुन सक्छ ।

कुम्भ

आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न पनि सकिनेछ । भाग्यले साथ दिनेछ ।

बृष

आज झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ ।

कर्कट

परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समयछ । बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ ।

कन्या

आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ ।

बृश्चिक

आज घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । समाज र परोपकारका समय बित्न सक्छ । कसैलाई परदेशी घर फर्कने योग छ ।

मकर

दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । धार्मिक र सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ ।

मीन

आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला । नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस !