१३ मंसिर २०८१, बिहीबार

पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिमा हस्तक्षेप गरेको छैन : मन्त्री भट्ट



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको सम्बन्धमा आफुले हस्तक्षेप नगरेको बताएका छन् ।शनिवार नेपाल आयल निगमको पेट्रोलियम पद्धार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै उद्योगमन्त्री भट्टले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गर्न तथा घटाउन आफुले कहिपनि हस्तक्षेप नगरेको बताएका हुन् । अन्य मुलुकको मुल्य कस्तो रहेको छ अध्ययनको जरुरी रहेको उनको भनाई छ ।

भारतमा मुल्यवृद्धि हुने र नेपालमा कम हुने भयो भने यताको पेट्रोलियम पद्धार्थ भारत जाने भन्दै त्यसमा भने ध्यान दिनुपर्ने उनले बताए । उनले भने – ‘जनतालाई मुल्यवृद्धिले असर गर्ने कुरो अन्य मुलुकमा कसरी बेहोरेको छ त्यसको अध्ययन गर्न जरुरी छ । र भोली यसलाई अटोमेशनमा लैजाने भन्ने फेरी मुल्यवृद्धि हुन नदिने हो भने त्यो अटोमेशनको अर्थ हुँदैन । मैले कहिँपनि त्यो हस्तक्षेप गरेको छैन । तपाईको प्रक्रियामा मुल्यवृद्धि गर्नुस्, घटाउनुस्, सस्तोमा आउँछ । ध्यान दिनुपर्ने अलिकति कहाँ हुन्छ भने भारतसँगको मुल्यमा उता सस्तो भयो भने यताबाट पारि जान्छ । त्यो ध्यान दिनुपर्छ, अलि मिलाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस !