प्रचण्डले प्रयोग गरे ओलीलाई यति तल्लो सम्मको अपशब्द , ओली रिसले चुर
काठमाडौ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली कुहिएको अण्डा भएको बताएका छन् ।
शनिबार पेरिसडाँडामा विप्लवसँग असन्तुष्ट रहेका कार्यकर्ताहरूलाई पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले कम्युनिष्टहरू एकदमै राम्रा पनि हुने र ती बिग्रिन थाले भने कुहिएको अण्डा हुने बताए ।
कार्यक्रमा प्रचण्डले भने, ‘अहिलेको परिस्थितिमा कुहिएको अण्डा हो, केपी ओली। गन्हाएको अण्डा त खाइँदैन । गाडिन्छ, या जलाइन्छ । हामी स्वस्थ्यवर्धक जीवनशील तत्व हो,’ उनले भने । ‘कम्युनिष्टहरू राम्रा हुन्छन् तर गन्हाउन थाले, बिग्रिन थाले र कुहियो भने त्यो भन्दा नराम्रो केही पनि हुँदैन। अहिले केपी ओली कुहिएको अण्डा हो।’
कुहिएको बिग्रेका कम्युनिष्ट आन्दोलनहरूको बारेमा माउत्सेतुङले गरेको व्याख्या विश्लेषण सम्झिन्दै प्रचण्डले भने ‘एकचोटि माउत्सेतुङले बिग्रेका कम्युनिष्टहरू बारेमा भन्दा सरल उदाहरण दिनुभएको थियो । अण्डा स्वास्थ्यका लागि राम्रो हुन्छ। प्रोटिन हुन्छ । धेरै चिज प्राप्त हुन्छ । तर, अण्डा कुहियो भने त्योभन्दा गन्धा चिज केही पनि हुँदैन,’ उनले भने ।
प्रचण्डले कम्युनिष्ट आन्दोलन एउटा वैज्ञानिक आन्दोलन भएको बताए । यो कुनै रुढीवादी कूसंस्कृतिको आन्दोलन प्रचण्डको भनाइ छ । कम्युनिष्ट आन्दोलनमा समाजमा रहेका गलत प्रवृत्ति पनि प्रवेश गर्ने र गलत राम्रोबीचमा निरन्तर संघर्ष चल्ने प्रचण्डले बताए ।