भखरै सकियो थापा र विप्लवको भेटवार्ता, भयो यस्तो महत्त्वपूर्ण निर्णय
काठमाडौं । सरकारसँग तीनबुँदे सहमति गरेको भोलिपल्ट नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग उनकै निवासमा पुगेर भेटेका छन् । शनिबार बिहान गृहमन्त्री निवास पुल्चोकमा करिब एक घण्टा छलफल भएको हो।
छलफलमा कार्यकर्ता रिहा, मुद्दा फिर्ता लगायतका विषयमा कुराकानी भएको गृहमन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए।
‘समसामयिक विषयमा छलफल भएको हो,’ उनले नेपाल प्रेससँग भने, ‘कार्यकर्ता रिहा, मुद्दा फिर्ता लगायत अन्य कानूनी कुरा कसरी सल्टाउने भन्ने विषयमा कुराकानी भयो ।