८ मंसिर २०८१, शनिबार

सकियो प्रचण्ड-नेपाल पक्षको बैठक ,अविश्वास सम्बन्धि भयो यस्तो महत्त्वपूर्ण निर्णय



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

आजको बसेको सो समूहको संसदीय दलको बैठकपछि एक सांसदले अविश्वासको प्रस्ताव गर्ने तयारी गरेको जानकारी दिए ।वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पक्षमा १ सय ११ जना सांसदले स-शरीर उपस्थित भएर हस्ताक्षर गरेको जानकारी दिए । आफ्नो पक्षमा ११५ जना सांसद रहेको र विभिन्न कारणवस योगेश भट्टराई, कृष्णबहादुर महरा, विना पोखरेल र चक्रपाणी खनाल भने आज अनुपस्थित रहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !