धर्मेन्द्रलाई ओलिको व्यंग्य :यति थोरै जेल बसेर छुट्न पाए पो , आफू त १४ वर्ष बस्नुपर्याे’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलासमक्ष ‘थोरै जेल बसेर छुटेको’ भनी ठट्यौली शैलीमा कटाक्ष गरेका छन् ।
‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’ को सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने ‘धर्मेन्द्र बास्तोला जी, बधाई छ भर्खरै जेलबाट छुटेर आउनुभएको छ । यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो आफू त १४ वर्ष बस्नुपर्याे ।’