८ मंसिर २०८१, शनिबार

‘सुर्य चिन्ह हाम्रो’ भन्दै निर्वाचन आयोगमा पुगे प्रचण्ड, नेपाल र खनाल



काठमाडौं ।आज नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल निर्वाचन आयोगमा ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्ड र त्यसमुनी सुर्य चिन्ह लिएर पुगेका छन् ।

उनीहरुले आयोगमा पुगेर पार्टीमा वैधानिक आफूहरु भएकाले सुर्य चिन्ह पनि आफूहरुकै हुनुपर्ने तर्क राखेका छन् ।

आयोगमा तीनजना पूर्व प्रधानमन्त्रीहरु एकसाथ पुग्दा धेरैको चासो थियो । नेपालको इतिहासमा पार्टीको वैधानिकताको दाबी गर्दै तीनजना पूर्व प्रधानमन्त्री निर्वाचन आयोग पुगेको यो पहिलो घटना हो ।

बिहान विघटनको विरोधमा प्रचण्ड–माधव नेपाल पक्षले माइतीघरबाट प्रदर्शन सुरु गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !