१३ मंसिर २०८१, बिहीबार

किन बस्यो सिंहदरबारमा प्रचण्ड-नेपाल पक्ष र कांग्रेसको एक्कासी बैठक ?



काठमाडौ।नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएका छन्।

आज दिउँसो प्रचण्ड-नेपाल र कांग्रेसले बेग्लाबेग्लै स्थानमा संसदीय दलको बैठक राखेका छन्।

नेकपा प्रचण्ड-नेपाल पक्षले अपरान्ह १ बजे सिंहदरबारमा बैठक बोलाएको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन्।

२३ गतेदेखि हुने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुन भनेर प्रचण्ड-नेपालले बैठक बोलाएका हुन्।

प्रधानमन्त्री केपी ओली पक्षले प्रमुख सचेतक देवप्रसाद गुरुङलाई कारबाही गरेर विशाल भट्टराईलाई प्रमुख सचेतक बनाएको छ।

प्रचण्ड-नेपाल समूहले भट्टराईलाइ ६ महिनाको लगि पार्टीबाट निलम्बन गरेको छ।

त्यस्तै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वालाई समेत स्थायी कमिटीबाट छ महिनाको लागी निलम्बन गरेको छ।



प्रतिक्रिया दिनुहोस !