४ जेष्ठ २०८१, शुक्रबार

चितवनमा न्यूक्लियर मेडिसिन सेवा शुरु



चितवन ।बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा न्यूक्लियर मेडिसिन सेवा पुनः शुरु भएको छ । स्प्याक्ट गामा क्यामरा मेसिन मर्मतसम्भार गरी पुनः सेवा सञ्चालन गरिएको हो । 

अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमका अनुसार अस्पतालको रेडियो डायग्नोसिस तथा इमेजिङ विभाग अन्तर्गत न्यूक्लियर मेडिसिन युनिटमा क्यान्सरका बिरामीका लागि अति आवश्यक यो मेसिन मर्मत गरी सञ्चालनमा ल्याइएको हो ।

मेसिन सञ्चालनमा आएसँगै न्यूक्लियर मेडिसिनका परीक्षण तथा उपचार विधि नियमित भएको डा गौतमले जानकारी दिए । न्यूक्लियर मेडिसिन (नाभिकीय चिकित्सा) मा रेडियोधर्मी अर्थात रेडिएसन निस्किने औषधिको प्रयोग गरेर बिरामीको विभिन्न रोगको जाँच तथा उपचार गरिन्छ । यसबाट बिरामीको विभिन्न अङ्गको गहन जाँच हुन्छ । लगभग सबै अङ्गको जाँच गर्न मिल्छ ।

मस्तिष्क, घाँटीको थाइराइड, मुटु, फोक्सो, मिर्गैला, कलेजो, हड्डीको जाँच हुने उनले जानकारि दिए । हड्डीमा सङ्क्रमण भएको वा हड्डीमा क्यान्सर भएको दुवै किसिमको जाँच गर्न मिल्छ । अन्य कुनै क्यान्सर हड्डीमा फैलिएको छ कि छैन? भन्ने पनि यसबाट पत्ता लगाउन सकिन्छ । यससँगै बिरामी लाभान्वित भएका छन् ।

विगत एक वर्ष यता सो मेसिन बिग्रिएर थन्किएको थियो । राससको सहयोगमा



प्रतिक्रिया दिनुहोस !