ओली समूहको सकियो संसदीय दलको बैठक,किन बोलाइयो प्रचण्ड- नेपाल पक्षलाई ?
काठमाडौं । नेकपा ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । फागुन २२ गते दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।बैठकमा सहभागिताका लागि १७३ सांसदलाई एसएमएसमार्फत सूचना पठाइएको भट्टराईले बताए ।
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय लिएपछि नेकपाका सांसद दुई कित्तामा विभाजित छन् ।नेकपा ८७ सांसद प्रचण्ड नेपाल पक्षसँग छन् भने ८३ जना ओली समूह खुलेका छन् । ओली पक्षले प्रचण्ड–माधव समूहमा रहेका सांसदहरुलाई पनि एसएमएसमार्फत बैठकमा आउन आमन्त्रण गरेको हो ।