२ जेष्ठ २०८१, बुधबार

लागू औषध र लुटपाटमा संलग्न ३ जना पक्राउ



काठमाडौँ ।प्रहरीले लागू औषध र लुटपाटमा संलग्न ३ जनालाई पक्रेको छ। नागढुंगा प्रहरी चेकपोस्टबाट लागू औषध सहित १ जना र दरबारमार्ग जय नेपाल हल अगाडिबाट लुटपाटमा संलग्न दुई जना पक्राउ परेका हुन्। 

बाराको कलैयाबाट काठमाडौँ आउँदै गरेको ना १ ज ७४५० नम्बरको टाटा सुमोलाई चेक जाँच गर्दा बारा घर भएका १९ वर्षका सोनु कुमार यादव लागू औषध सहित पक्राउ परेका प्रहरीले जनाएको छ।

उनको साथबाट नुरफिम, डाइजोपाम सहित २७ सय एम्पुल लागू औषध प्रहरीले बरामद गरेको जनाएको छ। 

यस्तै काठमाडौँको जय नेपाल हल अगाडिको सडकमा लुटपाट गर्न खोज्ने धादिङ घर भएका १५ वर्षका एक बालक र ललितपुरका सुमन क्षेत्री पक्राउ परेका छन्। 



प्रतिक्रिया दिनुहोस !