७ बैशाख २०८१, शुक्रबार

वि.पाण्डेको ‘धनवीर’ रिलिज



काठमाडौँ ।दुई दशक देखी नेपाली सङ्गीत क्षेत्रमा सक्रिय गीतकार बि पाण्डेको शब्द रचनामा ‘धनवीर’ गीतको भिडियो रिलिज भएको छ। गीतमा गायक

सुभाष भुसालको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन रहेको गीतको म्युजिक भिडियोमा प्रकाश सपुत, दुर्गेश थापा, प्रमीला क्षेत्री,महादेव त्रिपाठीले अभिनय गरेका छन्। प्रमोद खरेल र अन्जु पन्तको आवाज रहेको छ। 

त्यस्तै, सहायक कलाकारका रूपमा प्रज्वल जङ्ग कार्की, अनिशा खड्गी, निरुता खड्का, मनोज ओली, सोनिका शाहीको अभिनय भिडियोमा देख्न सकिन्छ। 

रमेश शाहीको लगानी रहेको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन, सम्पादन गरेका छन्। भिडियोमा राम कुमार केसीको कोरियोग्राफी रहेको छ । 

गीतकार बि पाण्डेले यस अघि ‘बनकी चरी, जाली रुमाल, खाएको कसम, शङ्का नगर लगायत हिट गीत श्रोता तथा दर्शकमाझ ल्याइसकेका छन्। 



प्रतिक्रिया दिनुहोस !