८ मंसिर २०८१, शनिबार

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ सुरु



काठमाडौं । सर्वोच्च अदालतका पाँच न्यायाधीश सम्मिलित संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धमाथि परेको रिटको सुनुवाइ सुरु भएको छ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन्।

यही पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएसँगै सर्वोच्चमा राष्ट्रपतिको कार्यालय शीतलनिवास र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध दर्जन बढी रिट परेको थियो।

सोही रिटमाथि आज सर्वोच्चमा सुनुवाइ सुरु भएको हो। अहिले अधिवक्ता सन्तोष भण्डारीको तर्फबाट विभिन्न कानुन व्यवसायीले बहस गरिरहेका छन्।

अधिवक्ता सन्तोष भण्डारी, समृत खरेल, कञ्चनकृष्ण न्यापाने, अधिवक्ता ज्ञानेन्द्रराज आरण, अधिवक्ता शालिकराम सापकोटा, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता दीपक राई, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, अधिवक्ता अमिता गौतम पौडेल, अधिवक्ता लोकेन्द्र बहादुर ओली, अधिवक्ता कलमबहादुर खत्री, अधिवक्ता मनिराम उपाध्याय, अधिवक्ता तुलसी सिम्खडा, अधिवक्ता अच्युत प्रसाद खरेललगायतले रिट दायर गरेका छन्।



प्रतिक्रिया दिनुहोस !