१३ मंसिर २०८१, बिहीबार

एक्कासी किन बोलाए देउवाले एक्कासि पदाधिकारी बैठक ?



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्दैछ । सभापति शेरबहादुर देउवाले आज दिउँसो ३ बजे आफ्नै निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई छलफलका लागि बोलाएका हुन् ।

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

हिजो चितवन पुगेर सभापति देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए जिम्मेवारीबाट पछि नहट्ने अभिव्यक्ति दिएका थिए । केहि दिनअघिसम्म सरकार गठनका लागि नेकपा फुट्नु पर्ने बताउँदै आएका देउवा अहिले जिम्मेवारीको प्रस्ताव आए कांग्रेस सरकारको नेतृत्व गर्न तयार रहेको बताउन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस !