प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने
काठमाडौं । सरकार र विप्लव समूहबीच सहमति भएपछि भोली प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मन्ञबाट सम्बोधन गर्ने भएका छन् ।
आज विहान भएको सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएपछि ओली र विप्लव सँगै देखिने भएका हुन।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएको थियो । सरकारले विप्लव समूहमाथि यसअघि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।