१० मंसिर २०८१, सोमबार

प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठक सकियो, भए यस्ता महत्त्वपूर्ण निर्णय



काठमाडौ।नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकले अध्यक्ष प्रचण्डले केही दिनअघि एक टेलिभिजन अन्तवार्ताका क्रममा दिएको अभिव्यक्तिको बचाउ गरेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको भने आलोचना गरेको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रचण्ड नेपाल पक्षको बैठकपछि नेता भीम रावलले ओलीले आफूमाथि सुरक्षा खतरा रहेको भन्दै दिएको अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण रहेको बैठकले ठहर गरेको बताए । पोखरामा आयोजित पार्टीको कार्यक्रममा ओलीले आफ्नो ज्यानको खतरा रहेको भन्दै आफ्नो हत्या भइहाले अनौठो नमाने हुने भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । यस्तै केहीदिन अघि प्रचण्डले टेलिभिजन अन्तरवार्ताका क्रममा दिएको अभिव्यक्तिलाई भने तोडमोड गरेर प्रचार गरिएको ठहर गरेको छ । बैठकमा प्रचण्डले आफूहरुले भारत–चीन बीच सन्तुलन कायम गरेर अघि बढ्नुपर्छ भन्ने आशयमा दिएको अभिव्यक्तिलाई तोडमोड गरेर प्रचार गर्ने काम भएको बैठकमा बताएका थिए । 



प्रतिक्रिया दिनुहोस !