किन बोलायो काँग्रेसले एक्कासि संसदीय दलको बैठक
काठमाडौं । प्रमुख प्रतिपक्षी काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । २१ गते शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।२३ गते बस्ने प्रतिनिधिसभा बैठकमा सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ ।
काँग्रेस सांसद ज्ञानेन्द्र कार्कीका अनुसार बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले वर्तमान वस्तुस्थितिबारे ब्रिफिङ गर्ने छन् । प्रतिनिधिसभा विघटन र पुनःस्थापना घनचक्कर बीच बस्न लागेको बैठकलाई चासोका साथ हेरिएको छ ।
पुनःस्थापित प्रतिनिधिसभामा नयाँ सरकार निर्माणको गृहकार्य हुने भएकाले काँग्रेस संसदीय दलको बैठकलाई पनि महत्वका साथ हेरिएको छ । तर नेकपा विभाजनको लफडा नटुंगी काँग्रेसले कुनै निर्णय नलिने भुसालको भनाइ छ ।