५ जेष्ठ २०८१, शनिबार

आज २०७७ फागुन १९ गते बुधवारको राशिफल



आज २०७७ फागुन १९ गते बुधवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

आज आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

मिथुन

आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वाहान सुख पनि मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ ।

सिंह

आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । वस्त्र पनि लाभ हुनेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

तुला

आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । लाभ,हानी, आय,व्यय, सुख,दुख वरावरी मध्यम खालको दिन छ ।

धनु

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । मुद्धा मामिलामा सफलता मिल्नेछ ।
भाग्यले विभिन्न अवसर जुराउनेछ ।

कुम्भ

आज सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।
मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

बृष

आज भौतिक साधन जुटाउने समय छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

कर्कट

आज सजिलै अरुको बिश्वास जित्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आकस्मिक धन लाभ हुनेछ ।

कन्या

आजको दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ । दिन गरेका काममा ढिलासुस्ती हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला ।

बृश्चिक

घरायसी विवाद बढ्नेछ । चोटपटक पनि लाग्न सक्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ ।

मकर

आँटेको र ताकेको कार्य पुरा हुनेछ । धार्मिक÷सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

मीन

घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानेछ ।



प्रतिक्रिया दिनुहोस !