१३ मंसिर २०८१, बिहीबार

गगन थापाले दिए प्रधानमन्त्रीलाई कडा चेतावनि



जनकपुरधाम । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो ज्यानमाथि खतरा रहेको भनेर बोल्ने ‘लुते’ प्रधानमन्त्री नचाहिने बताएका छन्।

आज सर्लाहीको धनकौलमा आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफ्नो ज्यानमाथि खतरा रहेको भनेर बोल्ने ‘लुते’ प्रधानमन्त्री नचाहिने बताएका हुन् ।

थापाले भने ‘जुन देशका प्रधानमन्त्रीले आफ्नो ज्यान जोगाउन सक्दैन, त्यो देशका प्रधानमन्त्रीले जनताको ज्यान कसरी जोगाउँछ’, ‘यस्तो लुते प्रधानमन्त्री चाहिएन ।’

बालुवाटारमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको घेरामा रहने प्रधानमन्त्री यसरी डराउँछन् भने अरुको ज्यान जोगाउन नसक्ने थापाले बताए । ‘वर्तमान प्रधानमन्त्रीसँग अब कुनै अपेक्षा छैन’ , ‘केही दिनभित्र बिदाइ गर्ने अभिभारा पूरा गर्नुपर्छ’ थापाले भने ।

‘देशलाई निकास नदिने सुर कसेर प्रधानमन्त्रीले संसदभित्रबाट बन्धक बनाउन खोज्नुभएको छ’ उनले भने, ‘यो प्रयासमा निर्वाचन आयोगले मद्दत गर्नु भएन ।’



प्रतिक्रिया दिनुहोस !