१ जेष्ठ २०८१, मंगलवार

घाटबेशीबाट २७ किलो गाँजासहित एकजना पक्राउ



धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नं.५ स्थित घाटबेशी बजारबाट २७ किलो गाँजासहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका–४ का २३ वर्षिय राजकुमार चेपाङ रहेका इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

लागु औषध चरेश खरिद बिक्रि भईरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरी निरिक्षक भोजराज पाण्डेयको कमाण्डमा खटिएको टोलीले कालो झोला बोकेर हिँडिरहेका तीन युवालाई सोधपुछ गर्न थालेपछि झोला फालेर उनीहरु भागेका थिए ।

भागेका तीन जनामध्ये चेपाङलाई पक्राउ गरिएको र अन्य दुईजना भने फरार रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !