२७ बैशाख २०८१, बिहीबार

नेप्सेमा झन्डै ६० अङ्कको गिरावट



काठमाडौँ ।नेपाल स्टक एक्सचेन्ज नेप्से झन्डै ६० अङ्कले घटेको छ।

मङ्गलवारको सेयर बजार ५९.७० अङ्कले घटेको स्टक एक्सचेन्जले जनाएको छ। नेप्से परिसूचक २.३७ प्रतिशतले घटेर २ हजार ४५५ कायम भएको छ। 

सेयर बजारमा १ करोड ३१ लाख ६ हजार ७३८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६६९ रुपैयाँको कारोबार भएको छ। २०८ कम्पनीका सेयर ६४ हजार ७८७ पटक किनबेच भएको छ। व्यापार र होटेल समूहका सेयर बाहेक अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। 



प्रतिक्रिया दिनुहोस !