१३ मंसिर २०८१, बिहीबार

ताप्लेजुङमा आगलागी बाट ७९ घरपरिवार विस्थापित



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको संगमस्थल दोभान बजारमा आज (मंगलवार) बिहान भएको आगलागीबाट ७९ परिवार विस्थापित भएको छ ।

“अहिलेसम्म पूर्ण रुपमा आगो नियन्त्रणमा आउन सकेको छैन्”, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख बालरनसिंह राणाले भने, “आगलागीबाट ४७ घर जलेर नष्ट भएको छ भने ७९ परिवार विस्थापित भएको छ ।”

आगलागीमा परेर लक्ष्मी बैंक शाखा कार्यालय, ग्लोबल आइएमी बैंकको शाखा कार्यालय र आइएमीको एउटा शाखा कार्यालय जलेर पूरै नष्ट भएको स्थानीयवासी गणेश कार्कीले जानकारी दिए ।

जिल्लाको दोस्रो ठूलो बजार दोभान हो । यस बजारमा १०० व्यापारिक घर भएको उनले बताए । ४७ घरमा रहेका किराना पसलदेखि खाद्य स्टोर, हाडवेयरलगायत सबै पसल जलेर नष्ट भएको प्रहरी प्रमुख राणाको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !