ओलीलाई हटाउने नेकपाले नै हो, कांग्रेस र जसपाले हटाउन सक्ने अवस्था छैन : नेता महतो
काठमाडौ। । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूहरुले हटाउन नसक्ने बताएका छन् । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको चाहाने मात्रै ओलीलाई पदबाट हटाउन सक्ने अवस्था नभएको भन्दै महतोले नेकपाले निर्णय नगरेसम्म कम्युनिष्ट सरकारको विकल्प तयार नहुने बताएका हुन् ।मंगलवार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै नेता महतोले भने, “काँग्रेस र जसपा मिलेर पनि हाम्रो बहुमत पुग्दैन।
ओलीलाई प्रधानमन्त्रीबाट हटाउने नेकपाले नै हो । अहिले पनि ओलीजी पार्टी अध्यक्ष र संसदीय दलको नेता हुनुहुन्छ। खोइ त हटाएको ? हटाउन सक्नुपर्यो नि ! दुनियाँलाई झुक्याउने काम भइरहेको छ ।”नेता महतोले थारुहट आन्दोलनका क्रममा षड्यन्त्रपूर्वक घटाइएको घटनामा सांसद रेशम चौधरी र लक्ष्मण चौधरीलाई लगाइएको झुटा मुद्दा फिर्ता नभएसम्म जसपा सरकारमा नजाने दोहोर्याएका छन् ।लोक पथ