८ मंसिर २०८१, शनिबार

लुम्बिनी साँस्कृतिक नगरपालिकामा टिप्परको ठक्करबाट चारवटा गाइगोरु मरे



बुटवल।रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा टिप्परको ठक्करबाट सडकमा रहेको ४ वटा गाई गोरु मरेका छन्। सोमबार राती सवा १० बजेतिर लुम्बिनी साँस्कृतिक नगरपालिका १० महिलावार स्थित पर्सा सडक खण्डमा ना ३ ख ३२५१ नम्बरको टिप्परको ठक्करबाट ३ वटा गाइ र एउटा गोरु मरेको हो। २ वटा गाइ घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

गाइगोरुसँगै टिप्परले नजिकै रहेको विद्युतको पोललाई पनि ठक्कर दिएको छ। ठक्कर दिने टिप्पर र चालक सिद्धार्थनगर ३ दर्कसहवा बस्ने ४६ वर्षिय प्रमोदकुमार धवललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। लुम्बिनी टाइम्स



प्रतिक्रिया दिनुहोस !