सकियो सभामुख र प्रचण्ड- नेपाल समुहको छलफल , भयो यस्तो महत्त्वपूर्ण निर्णय
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेताहरुले सभामुख अग्नी प्रसाद सापकोटासँग छलफल गरेका छन् ।
आज (मंगलवार) बिहान सभामुख निवासमा भएको भेटघाटमा फागुन २३ गते बस्ने संसद बैठकका विषयमा छलफल भएको हो ।भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव कसरी अघि बढाउने, निर्वाचन आयोगले नेकपाको आधिकारीकता टुंगो नलगाइसकेको अवस्थामा कसरी प्रस्तुत हुने भन्ने जस्ता विषयमा छलफल भएको जनाइएको छ ।