२७ बैशाख २०८१, बिहीबार

बेपत्ता बुहारीको शव घर नजिकै सडेको अवस्थामा फेला



गुल्मी । माघ  १९ गते रातीदेखि बेपत्ता गुल्मी भाडगाउँकी २१ वर्षीया सम्झना बोहराको शव फेला परेको छ । खत्रीको शव घर नजिकै सडेगलेको अवस्थामा शव फेला परेको हो ।  ‘बिहान  रुखबाट घाँस झार्न  लागेको थिए, त्यसबेला गन्हायो, त्यसपछि शंका लागेर जनप्रतिनिधिहरूलाई फोन  गरे । उनीहरुले  प्रहरीलाई फोन  गरेर बोलाएपछि  प्रहरीले हेर्दा शव फेला रहेछ’ छिमेकी लालबहादुर खत्रीले भने ।

घरनजिकै सय मिटर अगाडि  झाडीमा टाउको बोरामा राखेको र स्याउलाले  ढाकेको अवस्थामा शव फेला परेको छ ।शव भएको स्थानमा प्रहरीले घेराबन्दी गरेको छ । शवको पहिचान  हुन बाँकी रहे पनि बेपत्ता सम्झनाको  हुनसक्ने प्रहरीको अनुमान छ ।

बुहारी बेपत्ता भएको दुई दिनपछि सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा  फेला परेकी थिइन् ।अघिल्लो दिन उनले जेठाजु बुहारी कोठामा बसेको र त्यसलगत्तै जेठाजुसँग बुहारी भागेको बयान प्रहरीमा दिएकी थिइन् ।  सम्झनाका श्रीमान ‘हरि डाइभर’ भनेर चिनिने नेत्रबहादुर बस्नेत त्यो दिन घरमा थिएनन् । ३ वर्षअघि प्रेम विवाह गरेका उनीहरुको सम्बन्ध पछिल्लो समयमा राम्रो थिएन । सम्झनाले श्रीमानले प्रायः कुटपिट गरिरहने बताउने गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !