५ जेष्ठ २०८१, शनिबार

गर्मी मौसममा उखुको जुसका फाइदाहरू यस्ता छन्



काठमाडौं । गर्मी मौसम सुरु भएको छ । गर्मी मौसम सुरु भए सगैं मान्छेको शरीरमा पानीको मात्रा बढी आवश्यक हुने गर्छ । यो मौसममा पानीका साथै उखु लगायतको जुस पनि धेरै खाने गरिन्छ ।

उखुको जुसका फाइदाहरू यस्ता छन्ः

गर्मी महिनामा उखुको जुस स्वादको लागि मात्रै नभएर शारीरिक समस्याको समाधानको लागि पनि पिउने गरिन्छ । विशेषगरी नेपालको तराई भेगमा यस्तो जुस धेरै खाने गरिन्छ । यसले एनिमिया, जण्डिस जस्ता रोगलाई निको पार्न सहयोगी गर्दछ । अम्लपित्त रोगका लागि उखुको जुस धेरै फाइदाजनक मान्ने गरिन्छ । उखुमा मिनेरल, भिटामिन र एन्टिअक्सिडेन्ट अधिक मात्रामा पाउने गरिन्छ ।

गर्मीमा हुने ज्वरो जस्ता समस्याहरु निको पार्नको लागि उखुको जुस प्रभावकारी हुने चिकित्सकहरू बताउँछन् । पौष्टिकताको हिसाबले एक गिलास उखुको जुसमा कमसेकम १८० क्यालोरी शक्ति मिल्ने गर्छ । यसमा थोरै कागती र नुन पनि मिसाएर पिउन सकिन्छ ।

डण्डीफोरबाट मुक्ति


नियमित उखुको जुस पिउनुले डण्डीफोर ठीक गर्ने गर्छ । उखुको रस निकालेको डाँठलाई २० मिनेटसम्म मास्कको रूपमा पनि लगाउन सकिन्छ । हप्तामा एकदिन यस्तो मास्क लगाउन सकिन्छ ।

शरीरमा शक्ति प्रदान गर्नको लागि


उखुको जुसले शरीरमा शक्ति प्रदान गर्ने एवं मान्छेलाई सधैं फ्रेस राख्न सहयोग गर्ने गर्छ ।

कमलपित्तबाट कम गर्न


कमलपित्त ठीक गर्नको लागि दैनिक २ गिलास उखुको जुसमा कागती वा नुन मिसाएर पिउनुपर्छ। यदि उखुको मौसम होइन भने पनि चिनी राखेको सर्वतमा कागती राखेर पनि खान सकिन्छ ।

वान्ता रोक्न


गर्मी मौसममा उखुको जुस खानुले वान्ता रोक्न मद्दत गर्ने गर्छ । एक गिलास उखुको रसमा २ चम्चा मह राखेर खाँदा गर्मीमा हुने वान्ता रोक्न मद्दत गर्ने गर्छ ।

पिसाब पोल्ने समस्याको समाधान


पानीको आवश्यकताका कारण पिसाब पोल्ने समस्या देखिन्छ । उखुको जुसले गर्मीमा पानीको परिपुर्ति गरि पिसाब पोल्ने समस्यालाई समाधान गर्ने गर्छ । साथमा मूत्रसम्बन्धी समस्या पनि समाधान गर्ने गर्छ ।



प्रतिक्रिया दिनुहोस !