६ जेष्ठ २०८१, आईतवार

आज २०७७ फागुन १७ गते सोमवारको राशिफल



आज २०७७ फागुन १७ गते सोमवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन

दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । आम्दानी प्रशस्तै बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

सिंह

आज धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति पनि हात पर्ला । नयाँ कमको थालनी हुनेछ ।

तुला

कुविचारमा मन जाला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

धनु

आज बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।

कुम्भ

आज घर परिवारमा झै–झमेलाको अवस्था पनि आउन सक्छ ।आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ ।

बृष

महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । अधुरो काम पूरा हनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

कर्कट

आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । दाम्पत्य सुखले प्रफुल्लित गराउनेछ । प्रेम सम्बन्ध कसिलो होला । बौद्धिक काममा सफलता मिल्ला ।

कन्या

आज तर्क, विवाद र प्रतिस्पर्धाबाट भने लाभ हुनेछैन । आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

बृश्चिक

नयाँ कार्यको योजना बन्नेछ । दैनिक कार्यमा सहजता मिल्नेछ ।
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

मकर

आज शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । शेयरबाजारमा पनि सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्ला ।

मीन

आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । श्रमको उचित मुल्याङ्न हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ । धार्मिक कार्य सफल रहनेछन् ।



प्रतिक्रिया दिनुहोस !