३० बैशाख २०८१, आईतवार

जोशीको अझैआँखा खुलेन , कस्तो छ अवस्था ?



काठमाडौ।पूर्वमन्त्री तथा कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको छ । उनका सहयोगी पुष्कर पाण्डेका आइतबार जोशीको दाहिने हात र खुट्टा चलेको छ । उनको होस खुलेपनि आँखा हेरेका छैनन् ।

आइतबार बिहान जोशीलाई बोलाउँदा हातका आँैलाहरु चलेका थिए । साथै उनले दाहिने खुट्टा समेत चलाएका जोशीका सहयोगी पाण्डेले बताए ।

‘मैले दाई भनेर बोलाउँदा उहाँले हातको औला चलाउनुभयो । हात समातेर बोलाउँदा हात समात्नुभयो । दाहिने खुट्टा पनि चलाउनुभयो’ जोशीका सहयोगी पाण्डेले इकागजसँग भने, ‘बोलाउँदा बोलेपनि अाँखा खुलेको छैन् । डाक्टरले सुधार भइरहेको बताएपनि खतरामुक्त भनिसकेका छैनन् ।’



प्रतिक्रिया दिनुहोस !